जनकपुर ।
स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा ८० वटा दल दर्ता भएका छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको सूचीअनुसार सिके राउतले नेतृत्व गरेको जनमत पार्टी दलहरुको सूचीमा पहिलो नम्बरमा छ ।
यस्तै दोस्रो र तेस्रोमा क्रमशः मंगोल नेसनल अर्गनाइजेसन र मजदुर किसान पार्टी छन् । पहिले निवेदन दिएर दर्ता भएका कारण यी दलहरु सुचीमा अगाडि आएका हुन् ।
मतपत्रमा भने यो सूचीको अर्थ हुँदैन । अघिल्लो चुनावमा समानुपातिकतर्फ प्राप्त मतपरिणामका आधारमा मतपत्रमा दलहरुको चुनावचिन्ह समावेश गरिन्छ ।
ठूला पार्टीहरुको कुरा गर्दा नेकपा एमाले ३८ नम्बरमा, नेपाली कांग्रेस ४७ औं र नेकपा माओवादी केन्द्र ३५ औं स्थानमा छन् ।
निर्वाचन आयोगमा दर्ता रहेका १११ राजनीतिक दलमध्ये स्थानीय तह निर्वाचनमा भाग लिने प्रयोजनका लागि ८० राजनीतिक दलले दल दर्ताका लागि निवेदन दिएका हुन् ।
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि यही फागुन ५ गतेदेखि १५ गतेसम्म ११ दिनको समयावधि दिएर दल दर्ताका लागि निवेदन दिन आह्वान गरिएको थियो ।
यी हुन दर्ता भएका दलहरु