जनकपुर ।
प्रहरीले नक्कली सुनको गहना बेचेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिराहा कल्याणपुर घर बताउने बर्ष ३२ को पङ्कज कुमार गुप्ता रहेका छन् ।
विशेष सूचनाको आधारमा उनलाई महानगरी प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको टोलीले फागुन ४ गते पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले २ थान सुनको सिक्री, मोबाइल, सवारीचालक अनुमति पत्र बरामद गरेको छ ।
उनले ललितपुर सातदोबाटोस्थित बिनोद बिश्वकर्माले सञ्चालन गरेको ओम लक्ष्मी सुनचाँदी पसलमा एक/एक (१/१) तोलाको सुनको सिक्री बेचेको प्रहरी समक्ष बयान दिएका छन् ।
पक्राउ परेका उनीमाथि ठगी मुद्दामा ५ को म्याद अनुमति लिई महानगरीय प्रहरी बृत्त महाराजगबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।