रुपन्देही प्रहरीले ठूलो संख्यामा अवैध सालको काठ बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय रुद्रपुर र रुद्रपुर सामुदायिक वन उपभोक्ता समूहको संयुक्त गस्तीले बुधबार ट्र्याक्टरसहित ४ हजार ३ सय २१ क्यू फिट काठ बरामद गरेको हो ।
बिहान ११ बजेको समयमा कञ्चन गाउँपालिका १ गजेडीस्थित भित्री सडक खण्डमा लु ४ त १९३८ नम्बरको ट्र्याक्टरमा लोड गरिएको काठ बरामद गरेको हो ।
१ लाख ८ हजार रुपैयाँ बराबरको अवैध साल र ट्र्याक्टर कारबाहीको वन कार्यालयमा बुझाएको रुपन्देही प्रहरी प्रवक्ता डिएसपी नवरत्न पौडेलले बताए ।