जनकपुरधाम।
मोबाइल ग्यालरीमा चोरी गर्ने दुई जना प्रहरी निलम्बनमा परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले प्रहरी हवल्दार होमबहादुर माल र जवान भरतबहादुर बुढाल निलम्बनमा परेको जानकारी दिए।
प्रहरीले उनीहरूविरुद्ध चोरीको मुद्धा दर्ता भएर पाँच दिनको म्याद थप भएको बताएको छ । म्याद थप हुने वित्तिकै स्वतः निलम्बनमा परेको प्रवक्ता जोशीले बताए । धनगढीको ट्राफिक चोकमा रहेको ग्लोबल मोबाइल ग्यालरीमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारका पुगेका माल र बुढालले चोरी गरेको सीसी क्यामेराको भिडियो सार्वजनिक भएको थियो।
भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले उनीहरूलाई हिरातसमा राखेर अनुसन्धान अगाडि बढाएको थियो।