जनकपुरधाम।
मास्क नलगाउनेलाई धनुषामा स्थानीय प्रशासनले एक सय रुपैया जरिवाना गर्ने भएको छ । कोरोना संक्रमण बढ्दै गएपनि सर्तकता नअपनाइएको देखेर जिल्ला स्तरीय कोभिड न्यूनीकरण (डीसीएमसी) समितिको बैठकबाट मास्क नलगाउनेलाई एक सय रुपैया जरिवाना तिर्न लगाउने निर्णय भएकाे छ ।
संक्रमण बढ्दै गए पनि सर्वसाधारणहरुमा मास्क नलगाउने प्रवृत्ति बढदै गएपछि जिल्लामा मास्क लगाउन दुई दिन चेतनामूलक कार्यक्रमको आयोजना गरिने त्यसपछि जरिवाना तिराउने धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।
उनले भने, 'आम मानिसमा सर्तकताका लागि शुक्रबार र शनिबार चेतनामूलक कार्यक्रम गरिनेछ र त्यसपछि कुनै सुधार नभए आइतबारदेखि मास्क नलगाउनेबाट जरिवाना असुल गरिनेछ ।' शुक्रबारदेखि मास्क लगाउन भन्दै चेतनामूलक कार्यक्रम गर्दा नलगाउनेलाई मास्क पनि वितरण गरिएको छ । जनकपुरधामको मुख्य बजार क्षेत्रमा मास्क लगाउन जनचेतनामूलक कार्यक्रम गरिएको छ । यसका साथै सार्वजनिक स्थानमा सेवा लिन जाँदा खोप कार्डको अनिवार्यता, मठ मन्दिरमा नित्य पुजा ध्यान बाहेक सम्पूर्ण कार्यक्रम बन्द, २५ जनाभन्दा बढीको कार्यक्रम आयोजना गर्नुपर्नेमा प्रशासनको अनुमति लिनुपर्ने, कुनैपनि ब्रतवन्ध र विवाह, कर्म संस्कार लगायतका कार्यक्रम अनुमति लिएर मात्र ५० जनाभन्दा बढी सहभागी नहुने गरी गर्नुपर्ने निर्णय पनि गरिएको छ ।