जनकपुरधाम।
हिजो आँपको बगैंचामा टाउको फोडेर बीभत्स ह त्या भएको युवतीको पहिचान खुलेको छ।
प्रहरीका अुनसार मृतक धनुषाको मिथिला नगरपालिका-१ लक्ष्मीनिबास कामेश्वर महतोको २६ वर्षीया छोरी इन्द्रकला कुमारी महतो रहेकी छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार इन्द्रकलाको शव धनुषाधाम नगरपालिका-६ मालटोल स्थित पूर्व-पश्चिम लोकमार्ग देखि २ किलोमिटर दक्षिणतर्फ रहेको आँपको बगैचामा बुधबार साँझ फेला परेको थियो।
बलात्कार गरेर ह त्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ। स्थानीयका अनुसार इन्द्रकलाको ससुरा घर गौशाला नगरपालिकामा रहेको छ। उनी सोमबार नै बस चढेर माइत आउन लगेकी थिइन्।
ढल्केवरमै बसबाट ओर्लिएर माइत पुग्नु पर्नेमा त्यहाँबाट कसरी ७ किलोमिटर पूर्वमा पुगिन् र कसरी बीभत्स ह त्या भएको भन्ने खुलेको छैन। घटनाको विषयमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको प्रहरीले जनाएको छ।