काठमाडौं ।
नेकपा एमालेका सचिव योगेश भट्टराईले हिंसात्मक अभिव्यक्ति दिने मन्त्री रेणु कुमारी यादवलाई पदबाट हटाउन प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन् ।
नेता भट्टराईले सामाजिक सन्जालमार्फत हिंसा भड्काउने र संविधाको बर्खिलाप भाषण गर्ने मन्त्रीलाई तत्काल हटाउन माग गरेका हुन् ।
भौतिक पूर्वाधारमन्त्री यादवले बुधबार रौतहट सदरमुकाम गौरमा आयोजित कार्यक्रममा अर्को गौर नरसंहार मच्चाएर जनमत पार्टीका अध्यक्ष सिके राउतको हत्या गर्ने धम्की दिएकी थिइन् ।
२०६३ चैत ३ गते गौरमा भएको हत्याकण्ड इतिहासकै एक बर्बर र जघन्य अपराधका रुपमा चित्रित छ । तत्कालीन मधेशी जनअधिकार फोरमका कार्यकर्ताले २७ जना माओवादी कार्यकर्ताको विभत्स हत्या गरेको सो घटनालाई राजनीतिकरण गरिएपछि अहिलेसम्म कसैलाई पनि कारबाही गरिएको छैन ।एमाले नेता भट्टराईले लेखेका छन्, ‘प्रम शेरबहादुर देउवाले हिंसा भड्काउने र संविधानको बर्खिलाप भाषण दिने मन्त्री रेणु यादवलाई हटाउनुपर्यो या नेपाली कांग्रेसले राजनीतिमा हिंसालाई जायज ठान्छ भन्नुपर्यो । अर्को बाटो छैन ।’ प्रम शेरबहादुर देउवाले हिंसा भड्काउने र संबिधानको बर्खिलाप भाषण दिने मन्त्री रेणु यादवलाई हाटाउनु पर्यो या नेपाली कांग्रेसले राजनीतिमा हिंसालाई जायज ठान्छ भन्नु पर्यो । अर्को बाटो छैन ।
— Yogesh Bhattarai (@yogesbhattarai) January 20, 2022