जनकपुरधाम।
चर्चित भारतीय कलाकार एवम् भोजपुरी फिल्मका सुपरस्टार खेसारीलाल यादव मधेश प्रदेशमा आउने भएका छन् ।
कलाकार यादव मधेश प्रदेशको जिल्ला रौतहटमा आउने भएका छन्।
जिल्लाको मौलापुर नगरपालिकाले बर्सेनि आयोजना गर्दै आएको मदानी महोत्सवमा भाग लिनका लागि गायकसमेत रहेका अभिनेता यादव रौतहट आउन लागेका हुन् ।
‘१७ फागुनमा खेसरीलाल मौलापुरमा आउने तय भएको छ,’ नेकपा एमाले जिल्ला कमिटी सदस्य निवेश यादवले भने । उनका अनुसार सो बारेमा आयोजक र अभिनेता बीच समझदारी भइसकेको छ ।
केही दिनअघि सुनसरीमा आयोजना भएको एक कार्यक्रममा आउने क्रममा भएको झडपमा उनको चार वटा स्कार्पिओ,मोटरसाइकल,डिजे साउण्ड बोक्स सेट,कुर्सी तोडफोड भएको थियो ।