जनकपुर -
ad
धनुषामा ह त्या गरिएको अवस्थामा युवतीको शव फेला परेको छ ।
धनुषाधाम नगरपालिका-६ मालटोलस्थित पूर्व-पश्चिम लोकमार्गदेखि २ किलोमिटर दक्षिणतर्फ रहेको पदम थापाको आँपको बगैँचामा करिब २५ वर्षीया युवतीको ह त्या भएको अवस्थामा शव फेला परेको हो ।
युवतीको पहिचान हुन नसकेको प्रहरीले जानकारी दिएको छ । उनको टाउको फुटेको प्रहरीले जनाएको छ ।
उनको बलात्कारपछि ह त्या भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले बताए ।