जनकपुरधाम।
विद्यालयको निर्माण कार्यमा ९ लाख हिनामिना गरेकाे आरोप लगाउँदै कालोमोसो दलेको दाबी विद्यार्थीले गरेका छन्।
जाजरकोटको छेडागाड नगरपालिकाका एक वडाध्यक्षलाई विद्यार्थीले कालोमोसो दलेका छन् । नेत्रविक्रम चन्द निकट विद्यार्थी संगठनले नगरपालिकाको वडा नं ६ का वडाध्यक्ष रामबहादुर केसीलाई कालोमोसो दलेका अखिल क्रान्तिकारी जाजरकोटका संयोजक दीपेन्द्र सिंहले जानकारी दिए ।
वडाध्यक्ष केसीले जनविकास माद्यामिक विद्यालयको निर्माण कार्यमा ९ लाख हिनामिना गरेकाे आरोप लगाउँदै कालोमोसो दलेको दाबी विद्यार्थीले गरेका छन् । यसबाहेक अरु आयोजनामा पनि भ्रष्टाचार गरेको आरोपमा वडाध्यक्ष केसीमाथि कालोमोसो दलिएको विद्यार्थीहरुको भनाइ छ ।
वडाध्यक्षलाई कालोमोसो दलेपछि जुत्ताको माला लगाइ फोटो खिचेर सामाजिक सञ्जालमा भाइरल गरिएकाे छ ।