मधेस —
ad
जिल्लाको कावासोतीमा भ्यानले बुधबार दिउँसो जन्ती हिँडेकाहरूको समूहलाई ठक्कर दिँदा १ महिलाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
हुप्सेकोटबाट हसौरा आउँदै गरेको ना ५ प २६९५ नम्बरको भ्यानले शंखदेवमा जन्तीलाई ठक्कर दिँदा घाइते भएकी ५० वर्षीया छुमाया मगरको उपचारको क्रममा मृत्यु भएको हो ।
अन्य १५ जना घाइतेको जिल्ला अस्पताल डन्डामा उपचार भइरहेको छ । उनीहरु सबै खतरामुक्त रहेको अस्पतालले जनाएको छ । घाइतेहरु सबै हुप्सेकोटवासी हुन् ।
डीएसपी दिलीप गिरीका अनुसार विवाह घरको बाहिर सडकमा बसेका जन्तीलाई अत्यधिक मादक पदार्थ सेवन गरी भ्यान चलाएका चालकले एक्कासी ठक्कर दिएका थिए । चालकको पहिचान खुलाइएको छैन ।
जन्तीले गाडी हिँड्ने ठाउँ छोडेर रमाइलो गरे पनि चालकले हुलमै लगेर ठक्कर दिएको प्रत्यक्षदर्शीको भनाइ छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।