काठमाडौ।
कोरोना भाइरसको संक्रमण गएपछि पशुपतिनाथ मन्दिरमा नित्यपूजा बाहेकका सम्पूर्ण क्रियाकलाप बन्द गरिएको छ ।
मंगलबार रातिबाट लागू हुनेगरि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका सबै मठमन्दिरमा परम्परागत नित्यपूजाबाहेकका सबै क्रियाकलाप बन्द गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयको आदेशअनुसार अर्को सूचना जारी नभएसम्म नित्यपूजा मात्रै हुने कोषले सूचना जारी गरेर जानकारी दिएको छ ।
