मधेस ।
ad
पर्साको वीरगञ्ज महानगरपालिका १३ स्थित मधेसका मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुङ्गा प्रहार गर्ने यूवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका १ का २६ वर्षीय सुमन पटेल छन् । उनी नेपाली कांग्रेसका कार्यकर्ता रहेको बताइएको छ । प्रहरीले उनीमाथि कारबाही अगाडी बढाएको छ ।
ad
प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम तय गरिएको विरोधमा नेपाली काँग्रेस महानगर कमिटीले निकालिएको जुलुस सहभागीमध्ये पटेलले मुख्यमन्त्री राउतको घरमा ढुङ्गा हानेका थिए ।
ढुङ्गा प्रहार गर्दा मुख्यमन्त्री राउतको घरको २ वटा सिसा फुटेको छ । ढुङ्गा प्रहार गरेलगत्तै प्रहरीले पटेललाई पक्राउ गरेको बुझिएको छ ।
Ad