जनकपुरधाम।
सर्लाही जिल्लाको हरिवनमा आज दिउँसो यात्रुबस पल्टिँदा १७ जना यात्रु घाईते भएको प्रहरीले जनाएका छन्।
पश्चिमबाट पूर्वतर्फ आईरहेको ना. ५ ख.५०५५ नम्बरको अग्नी यातायात प्रा. लि.को बस दिउँसो करिब पौने ३ बजे हरिवन नगरपालिका-९, नोचामा पल्टिएको हो। बस पुर्व-पश्चिम लोकमार्गबाट तल खसेको छ।
बसमा घाइते भएका १७ जनामध्ये एकजना गम्भिर रहेको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ। घाईतेहरुको हरिवन स्थित नमुना अस्पताल लगायत स्थानीय स्वास्थ्य केन्द्रहरुमा उपचार भईरहेको छ।
घाईतेको संख्या र अवस्थाबारे एकिन विवरण संकलनको काम भईरहेको प्रहरीले जनाएको छ।