मधेस ।
महोत्तरीमा स्रोत नखुलेको ३० लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् ।
मटिहानी नगरपालिका–८ बाट सो रकमसहित सोही नगरपालिका–३ बर्दा बस्ने २३ वर्षीय सहाउदिन राइनलाई प्रहरीले पक्राउ गरेको हो ।
ad
भारतबाट नेपालतर्फ आउँदै गरेको ज.६ प ६९४४ नम्बरको मोटरसाइकल प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा १ हजार दरको ३० बण्डलमा रहेको उक्त रकमसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।