मधेस ।
प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीसँग जुध्नका लागि आवश्यक सबै तयारी गर्न निर्देशन दिएका छन् ।
सोमबार बालुवाटारमा बसेको विपद् न्यूनीकरण राष्ट्रिय परिषद्को बैठकमा प्रधानमन्त्री देउवाले नाकाका सबै क्षेत्रमा होल्डिङ सेन्टर र कोरोना परीक्षणका साथै महामारीसँग जुध्नका लागि तयारी गर्न निर्देशन दिएका हुन् ।
होल्डिङ सेन्टर र आइसोलेसनका लागि ठाँउ अभाव भए खाली रहेका विद्यालयको समेत प्रयोग गर्नुपर्ने उनको भनाइ छ । खोप प्रयाप्तलाई बढाएर बुस्टर डोजका साथै सबै स्वास्थ्य संस्थामा प्रयाप्त अक्सिजनको व्यवस्था गरिने उनले बताए ।
प्रधानमन्त्री देउवाले हर हालतमा जनताको ज्यान जोगाउनका लागि सरकाररले कुनै कमी हुन नदिने बताएका छन् । सबै भिडभाड हुने कार्यक्रमहरू रोक्ने र राजनीतिक दलहरूले पनि सचेतनामुलक अभियान सञ्चालन गर्नुपर्नुपर्नेमा उनले जोड दिए ।
प्रधानमन्त्री देउवाले कोरोनाको नयाँ भाइरस छिटो सर्ने भएकाले पनि थप जोखिमयुक्त रहेकाले सबै सचेत रहनुपर्ने बताए ।
बैठकमा विपक्षी दल एमालेका उपनेता सुवास नेम्वाङले कोरोना परीक्षणको दायरा बढाउन सुझाव दिए । उपचारमा देखिने समस्याहरूलाई समयमा नै समाधान गर्न पनि उनले ध्यानाकर्षण गराए ।
त्यस्तै स्वास्थ्य मन्त्रालयका सचिव रोशन पोखरेलले खोप अभियानलाई तीव्रता दिइएको र तेस्रो डोजको पनि सुरुवात गरिसकेको जानकारी दिए ।
बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीहरूले भर्चुअल रूपमा प्रदेशमा कोरोनाको अवस्थाका बारेमा जानकारी गराएका थिए । स्वास्थ्य मन्त्रालयले आगामी १० दिनसम्म कोरोना महामारी बढ्दै जाने र त्यसपछि भने घट्ने अनुमान गरेको छ ।