जनकपुर ।
कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ ।
लम्की चुहा नगरपालिका–४ बलियामा से ६ प ८७८६ नम्बरको मोटरसाइकलले ठक्कर दिदाँ स्थानीय ५५ बर्सिया मनसरा जैसीको मृत्यु भएको हो ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी महिलाको कोहलपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
ठक्कर दिने मोटरसाइकल र चालकलाई इलाका प्रहरी कार्यालय मोतीपुरले नियन्त्रणमा लिएको छ ।
आइतबार साँझ मोटरसाइकलको ठक्करबाट घाइते महिलाको आइतबार राती नै उपचारको क्रममा मृत्यु भएको हो ।
महिलाको मृत्यु पछि आफन्तले कोहलपुरबाट शव ल्याएर सडकमा राखी आन्दोलन थालेका छन् ।
मृतकका परिवारका सदस्य तथा आफन्तहरूले अहिले पूर्व पर्चिम राजमार्ग अन्तर्गत लम्कीमा सडक अवरुद्ध गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।