janakpur।
Nepali Congress
नेपाली कांग्रेसको संस्थापन पक्षले धनुषा जिल्ला सभापतिको उम्मेदवारमा सन्तोष यादवलाई अघि सारेको छ ।
सभापति शेरबहादुर देउवा पक्षधर नेताहरुको भेलाले यादवलाई सभापतिमा उम्मेदवार बनाउने निर्णय गरेको केन्द्रीय सदस्य रमेश रिजालले जानकारी दिए ।
उनले पार्टीलाई आउने निर्वाचनमा बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताउदै यसको लागि युवा र काम गर्ने व्यक्तिको आवश्यकता रहेकाले यादवलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको बताए ।
Nepali Congress
भेलामा बोल्दै कांग्रेस केन्द्रीय सदस्य आनन्द ढुंगानाले अहिले पनि लोकतन्त्रलाई संस्थागत गर्नुपर्ने दायित्व नेपाली कांग्रेसको काँधमा रहेको बताए ।
उनले नेपाली कांग्रेसको नेतृत्वमा संविधानको सफल कार्यान्वयन र निर्वाचन आवश्यक रहेको धारणा राखे । ढुंगानाले संविधानलाई बलियो बनाउनुका साथसाथै संघीयताको संस्थागत विकासमा समेत कांग्रेसको काँधमा दायित्व आएको बताए ।
कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पार्टी विधि र प्रक्रिया अनुसार चल्नुपर्ने आवश्यकता रहेको औंल्याउदै अहिले लोकतन्त्रको पर्यायवाची नै आफनो पार्टी भएको जिकिर गरे ।
Nepali Congress
कांग्रेस प्रदेश नम्बर २ का अध्यक्ष कृष्ण यादवले तीनवटै तहको निर्वाचनमा पार्टीलाई कसरी बलियो बनाउने त्यो दायित्व रहेको बताए ।
सभापतिका उम्मेदवार सन्तोष यादवले आफू विजयी भए पार्टीलाई एकतावद्ध बनाएर लैजाने प्रतिवद्धता व्यक्त गरे ।
यादवले विगतमा पार्टी आफ्नै कमजोरीको कारणले तीन तहको निर्वाचनमा पराजित भएको बताउदै संगठनलाई बलियो बनाउने एक मात्र आफनो अभियान रहने समेत बताए । यता, धनुषा जिल्ला सभापतिमा नेता विमलेन्द्र निधि पक्षबाट योगेन्द्र पंजियारले सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।
Nepali Congress