Janakpur –
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शनिबार कोरोना नियन्त्रणका लागि ध्यानाकर्षण पत्र बुझाएको छ ।
एमाले उपाध्यक्ष एवम संसदीय दलका उपनेता सुवाशचन्द्र नेम्वाङको नेतृत्वमा योगेश भट्टराई, खगराज अधिकारी, कृष्णगोपाल श्रेष्ठ, विशाल भट्टराई, कृष्ण राई, सरिता न्यौपाने रहेको प्रतिनिधि मण्डल बालुवाटार पुगेको थियो । एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले तयार पारेको ध्यानाकर्षण पत्र वुझाएको विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
CORONA NEWS
एमालेले आफू नेतृत्वको सरकारले कोरोना नियन्त्रणमा गरेका कामहरु स्मरण गराउँदै देउवा सरकारले गर्नुपर्ने कामबारे ध्यानाकर्षण गराएको छ ।
ध्यानाकर्षण पत्र
सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा (एमाले)को तर्फवाट कोभिड–१९ को नियन्त्रण, रोकथाम तथा उपचार सम्बन्धमा
ध्यानाकर्षण गरिएको छ ! पार्टीका उपाध्यक्ष एवम संसदीय दलका उपनेता माननिय सुवाशचन्द्र नेम्वाङको नेतृत्वमा माननियहरु योगेश भट्टराई ,खगराज अधिकारी , कृष्णगोपाल श्रेष्ठ, विशाल भट्टराई कृष्ण राई, सरिता न्यौपाने रहेको प्रतिनिधि मण्डलले पार्टीको स्वास्थ्य तथा जनसंख्या विभागले तयार पारेको ध्यानाकर्षण पत्र वुझाएको छ !
CORONA NEWS
विषयः कोभिड–१९ को नियन्त्रण, रोकथाम तथा उपचार सम्बन्धमा