news
जनकपुरधाम।
जनमत पार्टीले आज विभिन्न जिल्लाको सदरमुकाममा बिशाल किसान र्यालीको आयोजना गरेको छ ।
किसानको हकहितका लागि ११ सूत्रीय माग पूरा गर्न किसान विधेयक ल्याउनुपर्ने तड्कारो आवश्यकता रहेको आन्दोलनकारीको माग छ ।
र्यालीलाई सम्बोधन गर्दै सिरहा सदरमुकाममा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले जारी किसान आन्दोलनको माग पूरा गर्न किसान विधेयक ल्याउनुको विकल्प नभएको बताए । उनले सांसद र मन्त्रीलाई जनकारवाही गर्ने चेतावनी पनि सुनाए ।
मलखाद्य र बिउबिजन माग्ने किसानमाथि सरकारले गोली चलाएको भन्दै सरकारी रबैया किसान विरोधी भएको बताए ।
News
उनले स्थानीय सरकारका प्रमुखहरूलाई महाभारतको जरासंधको संज्ञा दिएका छन् । स्थानीय सरकार महाभारतको जरासंध भएकोले बलराम जस्तै हलो उचालेर जरासंध जस्तो प्रवृृतिको अन्त गर्नुपर्ने डा. राउतले बताएका छन् ।
‘जरासंधलाई बलरामले हलो उठाएर अन्त गर्यो,’ उनले भने,‘स्थानीय सरकारमा मौलाएको जरासंध प्रवृत्ति किसानले आफ्नो शक्ति देखाएर अन्त गर्नुपर्छ ।’