काठमाडौ।
नोवेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मामाथि कालोमोसो दलिएको छ । एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले शर्मालाई कालोमोसो दलेको हो ।
अनेरास्ववियुका नेता महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुनको नेतृत्वमा गएको टोलीले उनीमाथि कालोमोसो दलेको हो । कालोमोसो दल्ने श्रेष्ठ र पुनलाई प्रहरीले गिरफ्तार गरेको छ । अनेरास्वियुले तत्काल उनीहरूको रिहाइको माग गरेकाे छ।
यस घटनाको जिम्मा समाजवादी विद्यार्थी युनियनका अध्यक्ष सुदेश पराजुलीले लिइसकेका छन् ।
लामो समयदेखि काठमाडौं मेडिकल कलेज (केएमसी) र नोवेल मेडिकल कलेज विराटनगरले अतिरिक्त शूल्क मागेको भन्दै आन्दोलनरत छन्, भने उनीहरुको आन्दोलनमा विभिन्न ७ विद्यार्थी संगठनले ऐक्वबद्धता जनाएका छन् ।