लहान ।
सिरहाको नवराजपुर गाउँपालिका ४ नहनियाँका एक युवकमाथि छुरा प्रहार भएको छ ।
बिहीवार साँझ करिब ७ बजे स्थानीय रामरिझन यादवमाथि छुरा प्रहार भएको हो ।
पिठ्यूमा छुरा लागेर घाईते यादवलाई उपचारका लागि विराटनगर लगिएको छ ।
स्थानीय स्तरमा उपचार सम्भव नभएपछि उनलाई विराटनगर लगिएको नातामा दाई पर्ने दिपेन्द्र यादवले जानकारी दिए ।
नेकपा एकिकृत समाजवादी पार्टीका नवराजपुर गाउँपालिका अध्यक्ष रहेका दिपेन्द्रले घटनाको छानविन गरी दोषिमाथि कडा कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेका छन् ।