काठमाडौ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले लकडाउन नहुने स्पष्ट पारेका छन् । बिहीबार काठमाडौं कीर्तिपूर अस्पतालमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताए ।
बिगतमा अन्य मुलुकको अवस्था हेरेर नेपालमा लकडाउन गरेपनि अब भने आवश्यकता हेरेर मात्रै लकडाउन गर्ने मन्त्री खतिवडाको भनाइ छ ।
‘यसअघिका लकडाउनले देशको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा धेरै असर गरेको छ । अब लकडाउन नै समाधान हो भन्ने किसिमबाट सरकार जाँदैन,’ उनले भने, ‘सरकार स्वास्थ्य क्षेत्रमा विशेष तयारीका साथ काम गरिरहेकोछ । लकडाउन हुन्छ भनेर आत्तिनु पर्दैन।’
उनले सरकार नागरिकहरुका असहज परिस्थितीमा सँधै साथ रहने बताए ।