जनकपुर।
प्रदेश २ मा कोरोना संक्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयहरूले आवश्यक कडाई गर्न थालेका छन् ।
यसै क्रममा बुधबार धनुषा जिल्ला प्रशासन कार्यालय आदेश जारी गरेका छन् । बुधबार बसेको जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले कडाई गर्न सिफारिस गरेसँगै जिल्ला प्रशासन कार्यालय धनुषाले आदेश जारी गर्दै मेला महोत्सव र सार्वजनिक भेला गर्नमा रोक लगाएको छ ।
ad
त्यस्तै, २५ जनाभन्दा बढी भेला हुने गरी कार्यक्रम नगर्न, होटल, रेस्टुरेन्ट सिनेमा हल, रङ्गशाला, हवाई यात्रामा र सार्वजनिक स्थलमा जाँदा माघ ७ गतेदेखि कोभिड विरुद्धको खोप लगाएको कार्ड साथमा राख्नुपर्ने आदेशमा भनिएको छ ।
ad
धनुषा जिल्ला प्रशासन कार्यालयको आदेशमा सार्वजनिक सेवा लिँदा खोपकार्ड अनिवार्य हुनुपर्ने र विवाह ब्रतबन्धमा पनि २५ जनामात्रै भेला भई स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने उल्लेख छ ।
ad

