जनकपुर ।
स्याङ्जामा १६ महिने बालकको च क्कु प्रहार गरी ह त्या भएको छ ।
वालिङ नगरपालिका–१२, सिर्सीबोट घर भई भकुण्डेमा डेरा गरी बस्ने रनमाया गुरुङको छोरा १६ महिनाको साइमन गुरुङको ह त्या भएको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका डीएसपी राजेन्द्रप्रसाद अधिकारीले अनलाइनखबरलाई बताए ।
ह त्यामा संलग्न भएको अभियोगमा एउटै घरमा डेरा गरी बस्ने ३३ वर्षीय जितेन्द्र गुरुङ पक्राउ परेको उनले बताए ।
‘दिउँसो १ बजे च क्कु प्र हार भएको हो, तत्काल उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाइएकामा डाक्टरले मृत घोषित गरेका थिए’ अधिकारीले भने, ‘घटनामा गुरुङकी दिदी ५ वर्षीया साइना पनि घाइते छिन्, उनको अवस्था मध्यम छ ।’
प्रहरीका अनुसार साइमनको घाँटीमा च क्कु प्र हार भएको थियो । गुरुङले किन नाबालकलाई चक्कु प्रहार गरे भन्ने खुलिसकेको छैन ।
अधिकारी भन्छन्, ‘यो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ, स्पष्ट हुन केही समय लाग्छ ।’