जनकपुर।
साना किसान कृषि सहकारी संस्था लिमिटेडको १४औं वार्षिक साधारण सभा कार्यक्रम सम्पन्न भएको छ । साना किसान कृषि सहकारी संस्था लिमिटेडले १४ औं वर्ष पुरा गरी पन्ध्र वर्षमा प्रवेश गरेको छ ।
उक्त कार्यक्रमको अध्यक्षता साना किसान कृषि सहकारी संस्था संचालक समितिका अध्यक्ष राम कुमार महतोले गरेको थिए भने प्रमुख अतिथि पुर्ब मन्त्री एवम् पोलिटब्युरो सदस्य जुली कुमारी महतोकाे उपस्थिति रहेको थियो ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै पुर्ब मन्त्री एवम् पोलिटब्युरो सदस्य जुली कुमारी महतो सहकारीको मुल्य र मान्यतालाई आत्मसाथ गर्दै कृर्षिमा आधारित उद्योग धन्दा संचालनका लागि सहकारीले प्रत्साहनका कार्यक्रम ल्याउनु पर्ने र सेयर सदस्यलाई लगानीको माध्यमबाट आय आर्जनतर्फ प्रोत्साहन गर्नु पर्ने बताएकी छिन् ।
सहकारी संस्था मार्फत देशमा गरिबी निवारण नियन्त्रण भएको समेत जानकारी दिएकी छिन् ।
उहाँले शेयरधनीहरु नै सहकारीको सबैभन्दा ठुलो हिस्सा रहेको जनाउँदै किसानहरुका समृद्धि र विकाशका लागि हातेमालो गर्दै अघि बढ्नु पर्ने कुरामा उहाँले जोड दिनुभयो ।
पुर्ब मन्त्री जुली कुमारी महतो कृषि सहकारी संस्थाका लागि आफुले सक्दो सहयोग गरिने समेत प्रतीबध्ता जनाउनु भयो । पर्मादेशकाे सरकार अहिलेसम्म जनाताकाे लागि केही पनि गर्ने नसकेको अाराेप लगाउनु भयो ।
अहिलेकाे सरकार कामचलाउ रहेको एमाले चाहिन्छ भने तुरुन्तै सरकार ढल्ने समेत प्रतीक्रिया दिनुभएको छ । पुर्ब मन्त्री महताेले अाउने चुनाबमा फेरि नेकपा एमालेका सरकार बनाउन जनतासामु आग्रह गरेको हुन ।
एमालेकाे सरकार रहदा देशमा धेरै विकास भएको बताउदै अाउदाे चुनावमा नेतालाई चिनेर मत दिन समेत आग्रह गरेका हुन । पार्टीलाई एक ढिक्का लिएर अगाडि बढनुपर्नेमा उहाँले जाेड दिएका छन ।
अब एमाले झन निखारिएर आउने र निर्वाचनमा बहुमत प्राप्त गर्ने ठोकुवा गर्नुभयो ।
उक्त कार्यक्रममा बोल्दै मिथिला नगरपालिकाका प्रमुख हरिनारायण महतोले जनताकाे अपेक्षा अनुसार नीति निर्माण एवं कार्य-प्रणाली बनाएर मात्रै विकाश बताउदै नीतिगत एवं विकासगत काममा सबै जनालाई मिलेर सहकार्य गर्नुपर्ने उनले बताए ।
किसानहरुका समृद्धि र विकाशका लागि हातेमालो गर्दै अघि बढ्नु पर्ने कुरामा उहाँले जोड दिनुभयो ।
कतिपय सहकारी संस्था समेत उठन नसकेको यश नगरपालिकामा ६८ अाेटा सहकारी संस्था दर्ता रहेको महताे जानकारी दिनुभयो।
साना किसान कृषि सहकारी संस्था संचालक समितिका अध्यक्ष राम कुमार महतोले संस्थाले सहुलियत दरमा मलखाद, विउविजन वितरण गर्दै आएको उहाँले बताउनुभयो ।
सहकारी संस्थाबाट धेरै मानिसलाई सहयोग पुगिरहेको समेत उहाले जानकारी दिनुभएको छ । विदेश जानुका लागि सीप सिखेर मात्र जानुपर्ने समेत जनतालाई आग्रह गरेका हुन ।
आफ्नो मिहेनतको धन सहकारीमा राख्दा आफुले पनि सहकारीबाट कसरी फाईदा लिन सकिन्छ त्यसबारे पनि चासो देखाउन आग्रह गर्नुभएको छ । साथै सहकारीले सदैव शेयरधनीको हकहितकै लागी काम गरेको जानकारी दिनुभयो ।
राम कुमार महताे , अध्यक्ष, साना किसान कृषि सहकारी संस्था
आ.व. २०७७/०७८ को वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न गरिएको छ । सहकारी संस्थाबाट महिला सदस्यहरुकाे आर्थिक स्थिति धेरै सुधार भएको समेत उहाले जिकिर गरेकाे हुन।
उक्त अवसरमा संस्थाका आर्थिक वर्षमा २०७७/०७८ मा १६ लाख हाराहारीमा नाफा भएको समेत अध्यक्ष महताेले जनाए ।
राम कुमार महताे , अध्यक्ष, साना किसान कृषि सहकारी संस्था
उक्त कार्यक्रममा जग्गा दाता सुशिला देवी उपाध्याय, केदार चन्द्र शर्मा अतिथी वडाअध्यक्ष राम एकवाल महतो, संत कविर अनाथ आश्रमका बाबा श्री आलोक, संस्थाका संचालक समिति, शेयर सदस्यहरुको उपस्थिती रहेको थियो ।