जनकपुर।
पश्चिम नवलपरासीमा एक पुरुष आज मृत अवस्थामा फेला परेका छन् ।
ईलाका प्रहरी कार्यालय बर्दघाटका अनुसार बर्दघाट नगरपालिका–५ स्थित बन्डाखोलामा स्थानीय २६ बर्षिय दिनेश थारू मृत फेला परेका हुन् ।
ad
मृतकको शव पोष्टमार्टमका लागि पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीमा पठाइएको छ ।
घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।