जनकपुर ।
एक उद्घाटन कार्यक्रममा बाँके जिल्लाको नेपालगंज पुगेका संघीय कृषि मन्त्री महेन्द्र राय यादवलाई किसान आन्दोलनकारीहरुले लखेटेका छन् ।
सोमबार गुपचुप रुपमा नेपालगंज पुगेका मन्त्री यादव बारे किसान आन्दोलनकारीहरुले जानकारी पाएलगतै आन्दोलनकारीहरु कार्यक्रम स्थलमा पुगेका थिए ।
किसान आन्दोलनकारीहरुले जनकारवाही गर्ने होहल्ला सुरु भएपछि मन्त्री यादवले कार्यक्रम बीचमै छोडेर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो सुरक्षा घेरामा पछाडिको बाटो हुँदै भागेको किसान नेता विष्णु यादवले बताएका छन् ।
जनता समाजवादी पार्टीका नेता एवं पूर्वमन्त्री इस्तियाक राईले सुरु गरेको दाना फ्याक्ट्रीको उद्घाटन गर्न मन्त्री यादव नेपालगंज पुगेका थिए ।
ad
तराई मधेशका जिल्लामा विगत दुई सातादेखि मलखाद समयमा उपलब्ध गराउनु पर्ने, उखु किसानको रकम भुक्तानी हुनु पर्ने, कृषिकलाई निःशुल्क विजुली दिनु पर्ने, किसानलाई पेन्सन दिनु पर्ने र किसान कार्डको व्यवस्था गर्नु पर्नेलगायतको माग राख्दै आन्दोलन भइरहेको छ।
ad
सोही आन्दोलनका क्रममा संघीय सरकारका मन्त्रीहरुलाई तराई मधेशका जिल्ला प्रवेशमा रोकलगाइएको छ ।
यता मन्त्री यादवले आफू सुरक्षित रहेको प्रतिक्रिया दिएका छन् ।