जनकपुर ।
कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रले कोरोना संक्रमण रोकथामका लागि अब सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी मासिनलाई जम्मा हुन नदिन सिफारिस गरेको छ ।
गृहमन्त्रालयमार्फत स्थानीय तहसम्म कार्यान्वयन हुनेगरी व्यवस्था मिलाउन सिफारिस गरिएको केन्द्रकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।
ad
उनकाअनुसार बैठकले राजनीतिक भेलाहरू नगर्न आह्वान गरेको छ । गर्नैपर्ने भएमा स्थानीय प्रशासनको अनुमति लिनुपर्ने छ ।
अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरूमा २५ जनाभन्दा बढी भेला हुनेगरी मेला, भेला तथा महोत्सवहरू आयोजना नगर्न नगराउन सबै स्थानीय प्रशासनलाई गृह मन्त्रालय मार्फत् लेखि पठाउन सिफारिस गर्ने भएको प्रवक्ता नेपालले बताएकी छन् ।
ad
यता, जनमत पार्टीले किसानको माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने भनेको थियो । तर अब सरकारले २५ जनाभन्दा बढी भेला हुन नदिने भनेपछि जनमतको किसान आन्दोलन समेत प्रभावित हुने देखिएको छ ।
हुन त जनमत पार्टीले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन । तर प्रदेश सरकार मात्र नभएर संघ सरकार समेत किसान आन्दोलनको विपक्षीमै उभिएको छ । त्यसैले आन्दोलन प्रभावित हुने सम्भावना बढेको छ ।