जनकपुरधाम।
जिल्ला प्रशासन कार्यालय मोरङले सार्वजनिक स्थानमा मास्क नलगाई हिँड्न प्रतिवन्ध लगाएको छ। प्रदेश नम्बर १ को राजधानीसमेत रहेको विराटनगरमा अब मास्क नलगाईं हिंडे एक सय रुपैयाँ जरिवाना तिनुपर्ने स्थानीय प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय मोरङले सार्वजनिक स्थल र बजारमा हिँड्ने मानिसले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने निर्णय गरेको छ।
जिल्लास्थित कोभिड नियन्त्रण तथा रोकथाम समितिको बैठकले अनिवार्य रुपमा मास्क लगाउन पर्ने नियम कार्यान्वयन गर्न निर्देशन दिएको छ।
उच्च गतिमा फैलन क्षमता भएको कारोनाको ओमिक्रोन भेरियन्टको जोखिम बढेपछि यस्तो निर्णय गरिएको समितिले जनाएको छ।
पसल तथा व्यवसाय संचालकले समेत अब सरकारद्वारा जारी स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्ड पूर्णरुपमा पालना गर्नुपर्ने स्थानीय प्रशासनले जनाएको छ। मादण्ड पालना नगर्ने व्यवसयीलाई पाँच हजार जरिवाना गर्ने चेतावनीसमेत स्थानीय प्रशासनले दिएको छ।