सिरहा ।
जनमत पार्टीको किसान आन्दालनमा असली किसानको सहभागीता नरहेको व्यापक गुनासो आइरहेको थियो ।
तर पछिल्लो समय किसानहरु समेत सडकमा उर्लिन थालेका छन् ।
शुक्रवार सिरहा सदरमुकाममा हजारौं किसान जनमत पार्टीको किसान आन्दोलनमा सहभागी भए ।
Ad
जसमध्ये धेरै किसान हलो बोकेका थिए । उनीहरु किसानको माग पुरा गर, किसान आन्दोलनमा दमन बन्द गर जस्ता नारा लगाएका छन् ।
किसानलाई समयमा मलखाद उपलब्ध गराउनुपर्ने, सिँचाईको व्यवस्था वा कृषि विजुली निःशुल्क दिनुपर्ने, किसानलाई पेन्सन दिनुपर्ने लगायतका ११ बुँदै माग राखेर पुस १५ गतेबाट जनमत पार्टी अनिश्चितकालिन राजमार्ग बन्द गराएको छ ।
Ad
Ad