जनकपुरधाम।
धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वार्ड नं. ५ नौसय बिघा टोलका स्व.बिन्दे मंडलको स्मृति स्वरुप एउटा व्हिल चेयर र नगद सहित रु.२,५००/- (दुई हजार पाँच सय मात्र) प्रदान गरिएको छ।
जिल्लाको गनेशमान चारनाथ नगरपालिका वाडा नं.१० बरमझिया टोलका स्व.गनेश प्रसाद जयसवालका पुत्र १३ वर्षका अपाङ्ग रहेका रोसन जयसवाललाई हेल्प मधेशी नेपालका केन्द्रिय अध्यक्ष राम उदगार यादव,हेल्प मधेशी मलेसियाका केन्द्रिय सचिव विजय मंडल जुन स्व.बिन्दे मंडलको कान्छा पुत्र हुनुहुन्छ, उद्योग वाणिज्य संघ सबैलाको अध्यक्ष रामचन्द्र प्रसाद जयसवाल , धेनेश्वर मिश्र ,सुर्यनाथ यादव र स्थानीय समाजसेवी शिक्षिका रेखा यादव पिडितको घरमै पुगि व्हिल चेयर सहित नगद सहित हस्तान्तरण गरेका थिए।
