एजेन्सी।
पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बिहीबार राति भएको सडक दुर्घटनामा ६ जनाको मृत्यु हुनाको साथै महिला र बालबालिकासहित १७ जना घाइते भएका छन् ।
ad उक्त घटना प्रान्तको खुजदार जिल्लाको राजमार्गमा विपरीत दिशाबाट आउँदै गरेको ट्रेलरलाई भ्यानले ठक्कर दिँदा भएको प्रहरीले सञ्चारमाध्यमलाई बताएको छ।
ad उक्त भ्यानमा २५ जनाभन्दा बढी मानिस सवार थिए ।
ad प्रहरीका अनुसार उनीहरू नातेदारको विवाहमा सहभागी हुन जाँदै थिए।
ad घाइते र शवहरूलाई नजिकैको अस्पतालमा लगिएको ।
घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ।