जनकपुर।
कोरोनाको बढ्दो संक्रमणका सन्दर्भमा कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) छलफल भएको छ ।
शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकमा कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे छलफल भएको गृहमन्त्री बालकृष्ण खाणले रातोपाटीलाई जानकारी दिए ।
गृहमन्त्री खाणका अनुसार बैठकले कोरोनाको बढ्दो संक्रमणलाई नियन्त्रण र रोकथामका लागि सजकता अपनाउने निर्णय गरेको छ ।
निर्माणाधिन स्वास्थ्य संरचना तुरुन्त बनाउने र बोर्डरबाट भित्रिने नेपालीहरुको पिसिआर र एन्टिजेन टेस्ट गरेर निर्णय भएको उनको भनाइ छ । पिसिआर टेस्ट कोरोना पुष्टि भए संक्रमितलाई आइसोलेशनमा राख्ने निर्णय भएको खाणले बताए ।
ad
उनका अनुसार बैठकमा सीमा नाका र हवाइ उठान बन्द गर्ने विषयमा छलफल भइरहेको छ । उनले भने, ‘कोरोना बढेको बढ्याइछ । यसको नियन्त्रणका लागि नाका बन्द र हवाइ उठान पनि स्थगित गर्नुपर्ने हुन सक्छ । आज छलफल भएको छ । निर्णय भएको छैन ।’
पछिल्ला दिनमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएको छ । शुक्रबार मात्र ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार नै स्वास्थ्य मन्त्रालयले २४ जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको जनाएको छ ।