जनकपुर ।
किसानलाई मलखाद उपलब्ध गराउनुपर्ने लगायतका ११ बुँदै माग राखेर मधेसका जिल्लाहरुमा जनमत पार्टीले किसान आन्दोलन जारी राखेको छ ।
किसान आन्दोलनका क्रममा बिहीवार सिरहाको मिर्चैयामा जनमतका कार्यकर्ता र किसानहरुले विशाल प्रदर्शन गरेका हुन् । उनीहरुले करिब २ घण्टा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए ।
प्रदर्शनपछि भएको कोणसभामा बोल्दै जनमत पार्टीका केन्द्रीय सदस्य निर्मल मण्डलले आन्दोलनमा घर घरबाट सहभागी जनाउन आग्रह गरेका छन् ।
ad
उनले सरकार बहिरा बनेको भन्दै किसानको ११ बुँदै माग पुरा गर्न सबैले आन्दोलनमा आउनुपर्ने धारणा राखे ।
जनमतका कार्यकर्ताले किसान आन्दोलनमा समर्थन गर्न मिर्चैया नगरपालिकाकी उपमेयर जीवछी देवी साहलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।
Ad
गहुँ छर्ने बेला भएकाले किसानलाई मलखाद उपलब्ध गराउन माग गरिएको छ ।