जनकपुरधाम। सरकारले उखुको मूल्य बढाएको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५९० रुपैयाँ तोकेको हो।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत कृषि मन्त्रालयले पेस गरेको मूल्य मन्त्रिपरिषदले अनुमोदन गरेको हो।
यसपालिकाे मूल्य गत वर्षभन्दा करिब ४६ रुपैयाँ बढी हाे। सरकारले गत आर्थिक वर्ष २०७७/७८ का लागि उखुकाे मूल्य प्रतिक्विन्टल ५४४ रुपैयाँ ३३ पैसा ताेकेकाे थियो।
तर यसपटक किसानले उखुकाे मूल्य प्रतिक्विन्टल ६५० रुपैयाँ माग गरिरहेका थिए।
निर्धारित समर्थन मूल्य ५९० रुपैयाँमध्ये किसानलाई उद्योगीले ५२० रुपैयाँ र सरकारले ७० रुपैयाँ अनुदान उपलब्ध गराउनेछ।