जनकपुर।
अत्यधिक चिसोका कारण धनुषामा एक जना वृद्धाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ बस्ने ६० वर्षीया समुद्री देवी यादव रहेको जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव वनरैत यादवले जानकारी दिए ।
अत्यधिक चिसो लागेपछि ठण्डीकै कारण काप्दै भुईँमा लडेपछि उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना गरिएको थियो ।
उपचारकै क्रममा गए राति उनको मृत्यु भएको सभापति वनरैताले बताए ।
यता धनुषाका ४ वटा स्थानिय तहले शिक्षण संस्था बन्द गरेको छ ।
अत्यधिक चिसोका कारण शिक्षण संस्थाहरू बन्द हुनेमा क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका, मुखियापट्टी र लक्ष्मिनीयाँ गाउँपालिका रहेका छन् ।