जनकपुरधाम। जाडो बढ्दै गएपछि काभ्रेपलाञ्चोकको स्थानीय तहले विद्यालय बन्द गर्न निर्देशन दिन थालेका छन्। चार दिन अघिको वर्षाले चिसो बढ्दै गएपछि जिल्लाका तीन स्थानीय तहले विद्यालय बन्द गर्न निर्देशन दिइसकेका छन्।
तेमाल गाउँपालिकाले यसै साताको वर्षाका कारण जाडो बढ्दै गएको जनाउँदै आजदेखि एक हप्ताका लागि आफ्नो क्षेत्रको सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन बन्द गर्न निर्देशन दिएको छ।
प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद ढकालद्वारा जारी सूचनामा विद्यालय आउने बालबालिकामा चिसो बढिरहेकाले पठनपाठनमा कठिनाई हुँदै गएकाले गाउँपालिकाद्वारा एक हप्ता विद्यालय बन्द गर्ने निर्णय गरिएको उल्लेख गरिएको छ।
यस्तै, रोशी गाउँपालिकाले गत शुक्रबारदेखि दश दिनका लागि विद्यालय बन्द गराएको छ।