जनकपुरधाम। कठ्याङ्ग्रिँदो चिसोले तराईका विभिन्न जिल्लाको जनजीवन अत्यन्त कष्टकर बनेको छ। बाक्लो हुस्सु र चिसो हावासँगै शुरु भएको शीतलहरका कारण जनजीवन कष्टकर बन्दै गएको छ।
मौसम बदली भई अचानक बढेको कठ्याङ्ग्रिँदो चिसोले विशेष गरी कमजोर वर्ग प्रभावित बनेका छन्। कठ्याङग्रिदो चिसोले अति विपन्न, गरिब, मजदुर र पिछडिएको परिवारलाई धेरै असर गरेको छ।
न्यानो कपडा नभएका विपन्न, दलित र सुकुम्वासी परिवार बढी प्रभावित भएका छन्। बाक्लो हुस्सु लागेर भिजिबिलिटी कम छ । अत्यन्त व्यस्त रहने पूर्व–पश्चिम राजमार्गमा चल्ने सवारीसाधन बत्ती बालेर गुडिरहेका छन्।
‘परालकै ओछ्यान र परालकै घुर’ बालेर रात काट्न बाध्य छन,अति विपन्न तथा दलित परिवारका मानिसहरु। दलित बस्तीका अधिकांशको जाडो काट्ने मेलो भनेकै पराल र घुरको सहारा लिनु हो ।