मधेश २४। आजदेखि सन् २०२२ सुरु भएको छ। विश्वका अधिकांश देशमा मध्यरात १२ बजे नयाँ वर्षलाई स्वागत गरिएको छ।
कोरोना महामारीका कारण कतिपय देशमा जमघटमा रोक लगाइएको थियो भने।
महामारीको त्रासका बीच बेलायत, अस्ट्रेलिया, अमेरिका, कोरिया लगायत विश्वका अधिकांश देशमा नयाँ वर्षको रंगिन स्वागत गरिएको छ।
केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ । विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा अघिल्लो साँझ ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइन्छ ।