जनकपुरधाम।
शीतलहरले तराई–मधेसको जनजीवन पप्रभावित भएको छ । आर्थिक अवस्था कमजोर भएका विपन्न समुदाय सकसमा छन् । न्यायो लुगाको अभावमा सुकुम्बासी र दलित समुदाय साँझ–बिहान परालको घुर ताप्छन् । राति परालकै ओछ्यान बनाएर सुत्न बाध्य छन् ।
सुत्ने ठाउँ अभावमा धनुषा - सबैला नगरपालिका वाडा.९ भठिहन टोलका दलित (मुसहर) बस्तीको ६० वर्षको जुग्ल सदा ४ जनाको परिवार झुपडीमै रात काट्न बाध्य छन् । ज्याला मजदुरीबाट गुजारा चलाउँदै आएको उनको परिवारलाई शीतलहरले पिरोलेको छ । ‘जाडो महिनामा मजदुरीमा पनि जान सकिँदैन,’उनले भन्यो। एउटा छोरा मेनपावरमा फसेको छ र मेरो उमेर अब बाहिर हिलडुल गर्न सक्दैन भने समस्या भएको छन्।
गाउँको मुखिया(निर्वाचित हुने व्यक्ति) लाई भन्दा खेरी हाम्रो गाउँमा दलित नै छैन आरोप लगाउछिन सदाको श्रीमती। चुनावको बेलामा भोट माग्न मात्र आएको थियोे तर समय बितिसक्दा पनि अहिलेसम्म एक चोटि पनि आउनुभएन।
‘परालकै ओछ्यान र परालकै घुर’ बालेर रात काट्न बाध्य छन् । दलित बस्तीका अधिकांशको जाडो काट्ने मेलो भनेकै पराल र घुरको सहारा लिनु हो । गर्मीमा खुला ठाउँमासुतेर रात कटाए पनि जाडोमा रात कटाउन सकस बेहोर्नुपर्छ ।
कतिपय सर्वसाधारणले चिसोकै कारण अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता छ । आर्थिक वर्ष २०७४-७५ देखि २०७७-७८ सम्म रौतहटमा सबैभन्दा बढी ३२ जनाको मृत्यु भएको छ भने सप्तरीमा १८, सिरहामा सात, पर्सामा ६, धनुषामा चार, महोत्तरी र सर्लाहीमा तीन–तीन तथा बारामा एकजनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क छ ।