जनकपुरधाम।
धनुषाको सबैला नगरपालिका वडा नं. ९ भठिहनमा रहेको शेखर जनचेतना रा.प्रा.बिधालयको बिहिवार एक समारोह बीच भवनको उद्घाटन प्रदेश नं.२ सांसद किशोरी साह कमलले गरेका छन्।
ad
सांसद साहकै संसदीय विकास कोषको रकमबाट दुई कोठली नवनिर्मित बिधालय भवनको उद्घाटन गर्दै सांसद साहले शिक्षाको विकास बिना अन्य क्षेत्रको विकासको परिकल्पना गर्न नसकिने बताउनुभयो । गुणस्तरीय शिक्षा नै आजको आवश्यक्ता भएको भन्दै सांसद साहले शिक्षाका लागि भौतिक पूर्वाधारले महत्व राख्ने धारणा राख्नुभयो । उहाँले अनुकुल वातावरण भएपछि मात्रै विद्यार्थीहरुलाई अध्ययनमा मन लाग्ने हुँदा भवनसँगै अन्य भौतिक पूर्वाधारको पनि विकास गर्दै जाने दृढता व्यक्त गर्नुभयो ।
ad
शहादत प्राप्त गर्नुभएका शहीद शेखर यादवले आजैको दिनमा उहाँ कै नामबाट स्थापित विद्यालयको नवनिर्मित भवन प्रदेश सांसद किशोरी साह कमलद्वारा उद्घाटन तथा हस्तान्तरण कार्यक्रम समापन गरिएका थिए।
ad
सो उद्घाटन कार्यक्रममा विद्यालयका शिक्षक शशि कुमार कापर,समाजसेवी हरिशंकर कापर ,अनिल कुमार राय , सेवा निबृत प्र.अ.राजदेव राय,श्री हनुमान प्रा.वि.नवटोली का प्र.अ.सत्य नारायण यादव , श्री जनता आधारभूत विद्यालय ठिल्ला यदुवाका प्र.अ.तथा नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य एवम् एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सचिव दिनेश कुमार राय , तथा यस कार्यक्रमका विशिष्ट अतिथि एवम् सबैला नगर उप-प्रमुख नीलू देवी कापर लगायत प्रमुख अतिथि ज्यूहरु शुभकामना मन्तव्य राख्नु भएको थियो र कार्यक्रम सञ्चालन यसै विद्यालयका प्र.अ.मनोज कुमार यादवले गर्नु भयो साथै बिधालय मा पर्ने जग्गा दिने दाता महादेवी कापर ज्यूलाई विद्यालय तर्फबाट र माननीय किशोरी साह कमल ज्यूको व्यक्तिगत तर्फबाट सम्मान गरी कार्यक्रम सफलतापुर्वक सु-समापन भएका थिए।