जनकपुरधाम। मल र गहुँको बीउ माग गर्दै कृषकहरूले धनुषाको कमला नगरपालिकामा तालाबन्दी गरेका छन्। बिहीबार स्थानीय कृषकहरूले नगरपालिकाको मूल ढोकामा ताल्चा लगाएका हुन्।
कृषकहरूले मल र बीउ नपाएले आफूहरू डा. सीके राउतको किसान आन्दोलनबाट प्रभावित भएर कमला नगरपालिकामा तालाबन्दी गरेको नटवरलाल भनिने स्थानीय नेता जुक्तिराम रान यादवले बताए।
कमला नगरपालिकाका मेयर राम उदगार गोइतले पार्टीको विशेष बैठकका कारण करिब एक महिनादेखि बाहिर रहेको बताएका छन्। मेयर गोइतले आफू काम विशेषले बाहिर रहेको र आइतबार कार्यालय पुग्ने बताए।
यसअघि उपभोक्ता समितिले विकास निर्माणको काम गर्दा राखिएको धरौटी फिर्ता माग गर्दै बुधबार नगरपालिकामा तालाबन्दी गरेका थिए।