जनकपुर।
रौतहटको फतुवा विजयनगर नगरपालिका ६ मा कुलोमा डुबेर एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा फतुवा विजयपुर ५ सन्तपुर दोस्तियाका ४० वर्षीय मिरहसन अन्सारी रहेका छन् । पानीमा डुबेर अन्सारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्सपेक्टर बिष्णु विश्वकर्माले रातोपाटीलाई जानकारी दिए ।
३–४ दिनदेखि हराइरहेका अन्सारीको शव सडेको अवस्थामा भेटिएको विश्वकर्माले बताए । मृतक अन्सारीमा जाँडरक्सीको लत रहेको बताइएको छ ।
अन्सारीको कुलोमा लडेर मृत्यु भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाईएको तथा घटनाबारे थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय विजयपुरले जनाएको छ ।