सिरहा।
जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले सिरहा जिल्लामा घोषणा गरिएको चक्काजाम उल्लंघन गर्ने वा दादागिरी देखाउनेलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
सिरहामा आमहड्तालको औपचारिक घोषणा दुई दिन पहिलेदेखि थियो । एक दिन अगाडि मशाल जुलुस पनि निकालिएको थियो । आम हड्तालको दिन सिरहा जिल्ला प्रवेश गर्नु अगाडि नै बंदीपुर र बलानमा सबै गाडीलाई अगाडि बंद छ भनेर सूचना पनि दिइन्थ्यो ।
डा.राउतको सचिवलायले सामाजिक सञ्जालमार्फत् भनेको छ, ‘यति हुँदाहुँदै पनि गाडी चलाएर आन्दोलन उल्लंघन गर्ने र दादागिरी देखाउने हो भने कारबाही हुन्छ नै । मारुती सिमेन्टको ट्रक चलाउनु कुनै अत्यावश्यक साधन भित्र पर्दैन ।’
आइतबार घोषणा गरेको सिरहा बन्दको क्रममा जनमतका कार्यकर्ताहरुले ट्रकमा आगजनीदेखि सवारीसाधनमा तोडफोडसमेत गरेको थियो ।
क्षतिपूर्तीको सम्पूर्ण जिम्मेबारी त्यहाँको स्थानीय प्रहरी र प्रशासनको रहेको भन्दै ‘जसले जबरजस्ती हाम्रो आन्दोलन उल्लंघन गर्न लगाए, बिहानैबिहान दर्जनौं राउन्ड अश्रुग्यासँ फायरिंग गरे र दर्जनौं प्रहरीले घेरर निहत्था निर्दोष जनतालाई मरनासन्न गरी कुटे ।’ भनेको छ ।
डा.राउतको सचिवालयले भनेको छ, ‘कसैले प्रवचन दिई राख्नु पर्दैन – तोप पड्काएर हजारौं मान्छे मार्ने र प्लेन अप हरण गर्ने, टाउको काट्दै हिँड्ने, १७,००० मार्ने, ५ महिना नाकाबंदी गरेर पूरा मधेश तहसनहस बनाउने, दर्जनका दर्जन गाडीमा आगो लगाउने, गौरनरसंहार गरी २७ जनाको निर्मम ह त्या गर्ने, नाकाबंदीमा आफू तेलबेच्ने र जनताले तेल ल्याउँदा जिउँदै मान्छेलाई पेट्रोल छरेर आगो लगाएर मार्ने, प्रहरीलाई एम्बुलेन्सबाट थुतेर ह त्या गर्ने, दर्जनौं प्रहरी चौकीमा आगो लगाउनेहरूले किसानहरूलाई प्रवचन दिइराख्नु पर्दैन ।’