एजेन्सी ।
लोकतान्त्रिक गणतन्त्र कंगोको एउटा रेष्टुरेन्टमा भएको आ त्मघाती बम वि स्फोटमा परी ८ जनाको मृत्यु भएको छ ।
कंगोको पूर्वीय क्षेत्रमा रहेको बेनी शहरमा शनिबार राति भएको बम विस्फोटमा आ त्मघाती बम विस्फोट गराउने एक जनासहित ८ जनाको मृत्यु भएको हो ।
सिएनएनका अनुसार क्रिसमस पार्टी चलिरहेको अवस्थामा इनबक्स बारमा बिस्फोट गराइएको थियो । विस्फोटमा परी २० जना घाइते भएका सरकारका प्रवक्ता प्याट्रिक मुयायाले जानकारी दिएका छन् ।
यो हमला उक्त क्षेत्रमा कंगो र युगान्डा फोर्सले इस्लामबादीहरुको विरुद्ध गरेको अनुमान गरिएको छ ।
आत्मघाती बम विस्फोट गराउने व्यक्तिलाई सुरक्षागार्डले रोक्ने प्रयास गरेका थिए ।
तर उसले बम सक्रिय गराएर भित्र छिरेको थियो ।’ सरकारका क्षेत्रीय प्रवक्ताले जानकारी दिए । सुरक्षा निकायका अनुसार मृत्यु हुनेमा दुई महिला र एक जना किशोरी पनि छन् ।