जनकपुर ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरही वीरपुरमा आज बिहान एक महिलाको विभत्स ह त्या भएको छ ।
स्थानीय जमाहर यादवकी ५० वर्षीया श्रीमती भुटनीदेवी यादवको घाँटी रे टी र बियरको बोतल प्रहार गरी ह त्या गरिएको अवस्थामा भेटिएको स्थानीयवासी शुभनारायण यादवले जानाकारी दिए ।
घरबाट खरानी लिएर खेतमा फाल्न गएका बेला उनको ह त्या गरिएको प्रहरीको भनाइ छ ।
यसैबीच घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट एक टोली गएको र घटनाबारे थप विवरण आउन बाँकी नै रहेको जनाइएको छ ।
साथै अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफलेले बताए ।