जनकपुर।
रौतहटको कटहरिया नगरक्षेत्रभित्र लामो समयदेखि फरार एकजना ह त्याका आरोपीलाई गाउँलेले पक्राउ गरेर प्रहरीलाई बुझाएका छन् ।
कटहरिया १ भसेढवाकासन्दीप यादवको ह त्याको आरोपमा फरार रहेका सोही वडा खोर टोलका ४० बर्षीय लक्ष्मी दास तत्मालाई गएराति गाउँलेले पक्राउ गरि प्रहरीलाई बिझाएका हुन् ।
सन्दीप यादवको ह त्या गरेर फरार भएको आरोप लागेका दास आइतबार राति लुकिछिपी घरमा आउने बिशेष सूचनाको आधारमा गाउँलेहरु खोरटोलको छेउमा कुरेर बसेका थिए ।
गएराति ८ बजे मुख छोपेर मोटरसाइकलमा आएका ह त्याका आरोपी दासलाई गाउँलेहरुले मोटरसाइकलसहित पक्राउ गरी सशस्त्र बेस क्याम्प पोखरभिण्डामा बुझाएका थिए । त्यसपछि लगत्तै सशस्त्र प्रहरीले उनलाई नेपाल प्रहरीलाई बुझाएको छ ।
प्रहरी चौकी हरिनगर पोखरभिण्डाका प्रमुख असई संजय यादवले घटनाको पुष्टि गर्दै पक्राउ परेका ह त्याका आरोपी दासलाई राति नै ईलाका प्रहरी कार्यालय बिजयपुर पठाईएको जानकारी दिए ।
डेढ वर्षअघि आन्तरिक विवादको कारण सन्दीप यादवलाई कु टपि ट गरि ह त्या गरिएको थियो ।
ह त्यामा संलग्न रहेका केही मानिस यसअघि पनि पक्राउ परेका छन् ।