जनकपुरधाम ।
धनुषाको मिथिला नगरपालिका स्थित रहेको नमुना बचत तथा ऋण सहकारी संस्था लि. काे ८औं बार्षिक सभा कार्यक्रम सम्पन्न भएको छ ।उक्त कार्यक्रमका अध्यक्ष्ता नारायण बास्तोला रहेको थियो भने प्रमुख अतिथि मिथिला नगरपालिकाका नगर प्रमुख हरि नारायण महताे रहेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मिथिला नगरपालिकाका प्रमुख
हरि नारायण महताेले सहकारी संस्थाबाट धेरै मानिसलाई सहयोग पुगिरहेको समेत जनाए ।
सहकारी संस्था मार्फत देशमा गरिबी निवारण नियन्त्रण भएको समेत जनाए ।
कतिपय सहकारी संस्था समेत उठन नसकेको तर यस नगरपालिकामा ६८ वटा सहकारी संस्था दर्ता रहेको
महताे जानकारी दिनुभयो ।
जनताकाे अपेक्षा अनुसार नीति निर्माण एवं कार्य-प्रणाली बनाएर मात्रै विकाश हुने उहाले जानकारी दिनुभएको छ ।
नीतिगत एवं विकासगत काममा सबै जनालाई मिलेर सहकार्य गर्नुपर्ने उनले बताए ।
विदेश जानुका लागि सीप सिखेर मात्र जानुपर्ने समेत जनतालाई आग्रह गरेका हुन ।
साे कार्यक्रममा नमुना बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष नारायण बास्तोलाले उक्त अवसरमा संस्थाका आर्थिक वर्षमा २०७८/०७९ मा दुई करोड पुर्याउने लक्ष्य राखिएको समेत जनाए ।
संस्थाले गर्ने सामाजिक दायित्व अन्तर्गत रक्तदान कार्यक्रम आँखा र दाँत सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम संचालन गरिनेछ ।
आगामी वर्ष सदस्यहरुलाई प्रोत्साहन पनि गर्न जानकारी दिनुभयो ।
नमुना बचत तथा ऋण सहकारी संस्थाको योगदान महत्वपूर्ण रहेको प्रसंशा गरेका छन् ।
नमुना बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सचिव निल प्रसाद शर्माले किसानहरुको सहकारी र सहकार्यले जति ठुला कामहरु पनि सहज ढंगले गर्न सकिने धारणा राख्दै सबैले सहकारी र सहकार्यको बाटो अवलम्वन गरी आय-आर्जन सँग जोडिएर अगाडी बढ्नुपर्ने धारणा राखेका छन ।
संस्थाको कार्यक्षेत्र विस्तार संगसगै सेवा केन्द्र विस्तारको लागी आवश्यक अध्ययन गर्ने कार्य सुरु गरिने शर्माले जनाए ।
साे कार्यक्रम जेष्ठ नागरिक, सदस्यहरुलाई समेत समान गरेको छ भने संस्कृति कार्यक्रम समेत गरेको थियोे
उक्त कार्यक्रम मिथिला नगरपालिकाकि उप प्रमुख तारा लामा बस्नेत , वडा , अध्यक्ष , सहकारी संस्थाका शेयर धनि सदस्य , कर्मचारी , नेपाल प्रहरी , पत्रकार , स्थानीय जनप्रतिनिधि लगायतका उपस्थिति रहेको थियोे ।