मधेश२४।
ओमिक्रोन संक्रमितको संख्या बढिरहँदा भारतको उत्तर प्रदेशमा रात्रिकालिन कर्फ्युको आदेश जारी गरिएको छ।
कर्फ्यु भोलिबाट लागू गरिने छ। राति ११ बजेदेखि विहान ५ बजेसम्म लागू रहने जनाइएको बीबीसी हिन्दीले उल्लेख गरेको छ।
उत्तर प्रदेश सरकारका निर्देशकका अनुसार २ सय भन्दा धेरै मानिसले विवाह समारोहमा भाग लिन नपाउने भएका हुन्।
त्यस्तै बजारमा 'मास्क छैन त सामान छैन' अभियानलाई अघि बढाइने जनाइएको छ।
अन्य कुनै पनि राज्यबाट उत्तर प्रदेश आउनेको सीमामा कोरोना जाँच गर्ने तथा रेलवे र विमानस्थलमा उच्च शतर्कता अपनाइने जनाइएको छ।
भारतमा पछिल्लो २४ घण्टामा ओमिक्रोनका ३५८ संक्रमित फेला परेका छन् ।